फेरि सक्रिय बन्दै समाजवादी मोर्चा


 


काठमाडौं, असोज ६ । माओवादी केन्द्र सत्ता बाहिर आएसँगै समाजवादी मोर्चा फेरि सक्रिय बन्न थालेको छ ।

मोर्चालाई सक्रिय बनाउन सातै प्रदेशमा पुनः राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न थालिएको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा चार दलकै शीर्ष नेताहरु सहभागि हुने हमालले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमसँगै मोर्चालाई थप व्यवस्थित बनाउन मोर्चाको विस्तार गर्ने तयारी पनि गरिएको छ । जसको लागि केही साना वामपन्थी दलहरुसँग छलफल अगाडि बढाइएको हमालले बताए ।

२०८० असार ४ मा गठन भएको समाजवादी मोर्चाको सुरुवातीमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि आबद्ध थियो । यद्यपि, पार्टी विभाजनसँगै जसपा मोर्चाबाट अलग भएको छ । यो बिचमा महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) भने मोर्चामा आबद्ध भएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्