नेताहरुको कार्यविभाजन गर्दै एकीकृत समाजवादी


 


काठमाडौँ, असोज ६ । नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको कार्यविभाजन गर्ने भएको छ ।

पार्टीका विभाग प्रमुखदेखि जिल्ला इन्चार्जसम्मको जिम्मेवारी तोक्न आइतबार दिउँसो १२ अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलको बैठक बोलाइएको छ ।

असार तेस्रो साता १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन ।

बैठकले पार्टीका विभिन्न विभाग, आयोग प्रमुख तथा जनसंगठन, प्रदेश र जिल्ला इन्चार्जको जिम्मा विभिन्न नेताहरूलाई दिने निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्