रास्वपाको कार्यवाहक प्रवक्तामा गणेश कार्की


 


काठमाडौं, असोज ६ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक प्रवक्ताको जिम्मेवारी गणेश कार्कीलाई दिएको छ ।

यसअघि उक्त जिम्मेवारीमा रहेका मनिष झा पार्टी कार्यक्रमको सिलसिलामा असोज ७ गतेदेखि १४ गतेसम्म मुलुक बाहिर रहने भएकाले कार्कीलाई कार्यवाहक प्रवक्ता तोकिएको हो । कार्की पार्टीको केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्