अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपालका विवेक दोस्रो


 


काठमाडौँ, ५ असोज। नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो हु्नुभएको छ ।

उहाँले फाइनल राउन्डमा हङ्गेरीका टोरोक तामोसलाई हराउनुभयो । यससँगै नेपालका सिएम विवेक थिङले नौ चरणको खेलबाट आठ अङ्क जोड्नुभयो । उहाँले तीन सय युरो पुरस्कार पनि प्राप्त गर्नुभएको छ ।

अमेरिका, जर्मनी, डेनमार्क, हङ्गेरी, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटाली र नेपालसहित २८ देशका खेलाडीबिच भएको प्रतिस्पर्धामा विकेकले उत्कृष्ट प्रदर्शन गर्नुभयो । अष्ट्रेलियामा बस्दै आउनुभएका विवेक उतैबाट प्रतियोगिता खेल्न हङ्गेरी जानुभएको हो । 

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्