चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु


 


बागलुङ, असोज ५ । चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।

घरभित्रै बसिरहेको अवस्थामा चट्याङ लागेर शुक्रबार राति निसीखोला गाउँपालिका वडा नम्बर ३ किटनीकी २४ वर्षीया रजना बुढाको ज्यान गएको हो ।

चट्याङबाट घरको बिजुलीको मिटर बक्स जलेको इप्रका झिँवाखोलाका प्रहरी वरिष्ठ हबल्दार केशब बुढाथोकीले जानकारी दिए ।

चट्याङबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्