कृषि फर्ममा आगलागी हुँदा गोठ रित्तियो


 


सिन्धुपाल्चोक, असोज ५ । लिसंखु पाखर गाउँपालिका–७ बर्गाङमा सञ्चालित पासाङ डोल्मा कृषि तथा पशु पक्षी फर्ममा आगलागी हुँदा एकसय बाख्रा जलेर मरेका छन् ।

स्थानीय बुद्धबहादुर तामाङले सञ्चालन गरेको फर्ममा शुक्रबार राति आगलागी हुँदा एक सय बाख्रा जलेर मरेको सञ्चालक तामाङले जानकारी दिए ।

बाख्राको लागि खोले पकाउने क्रममा गोठ नजिकै रहेको परालमा आगो सल्केर फर्ममा आगलागी भएको थियो । स्थानीय र प्रहरी चौकी ठुलोपाखरबाट गएका प्रहरीहरूले बेलुकी अबेर राति आगो नियन्त्रणमा लिएका थिए ।

चार वर्ष अगाडि स्थापना भएको कृषि तथा पशु फर्ममा आगलागीबाट एकसय बाख्रा मरेपछि अहिले गोठै रित्तिएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्