ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु


 


हेटौंडा, असोज ५ । हेटौंडामा ग्यास बुलेटले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिरस्थित पूर्वपश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्री ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो ।

भक्तपुर सुडाल घर भई हेटौंडा–११ थानाभ¥याङमा उनीलाई हेटौंडा बजारबाट थानाभ¥याङ तर्फ जाँदै गरेको बेला ग्यास बुलेटले ठक्कर दिएको हो ।

बुलेटको ठक्करबाट घाइते भएका पाण्डेको हेटौंडा अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकललाई ठक्कर दिने एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेट र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्