सन् २०२३ मा विष्फोटक पदार्थबाट १५ सय सोमाली नागरिकको मृत्युः राष्ट्रसङ्घ


 



मोगादिसु, ४ असोज । सोमालियामा गत वर्षमा ६०० वटा इम्प्रोभाइज्ड एक्प्लिसिभ डिभाइस (आईईडी) बाट कम्तिमा १५ सय सर्वसाधारणको मृत्यु वा घाइते भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।

सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका कार्यवाहक विशेष प्रतिनिधि जेम्स स्वानले सोमालिया राष्ट्रिय सुरक्षामा आत्मनिर्भरता र दिगोपनतर्फ अघि बढ्दै गएपनि आइइडीको खतरा भने अझै उस्तै रहेको बताउनुभयो ।

“आईईडीको खतरा कत्तिको गम्भीर छ भन्ने सबैलाई थाहा छ । यो आक्रमण हाम्रा सोमालिया राष्ट्रिय सेना (एसएनए) का सिपाहीहरू लक्षित छ । यो खतराको समाधान खोज्नु अत्यन्त महत्त्वपूर्ण छ,” स्वानले मोगादिसुमा भन्नुभयो ।

सन् २०२३ मा आइईडीको कारण ३७८ को मृत्यु र ४७१ सोमाली सेना घाइते भएको रिपोर्ट गरेको संयुक्त राष्टले जनाएको छ ।

सन् २०२० देखि सोमाली सेनाले यूएन माइन एक्शन सर्भिस (यूएनमेएएस) द्वारा समर्थित आइईडीद्वारा उत्पन्न खतराको सामना गर्न बढ्दो क्षमता प्रदर्शन गरेको छ ।

आइईडीको निरन्तर खतरा विरुद्ध लडाईको नेतृत्व गरिरहेको यूएनमेएएसले सोमाली सेनाहरुलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्