यस्तो छ रविले संसदीय छानबिन समितिमा दिएको बयान (पूर्णपाठसहित)


 


काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पेज लामो पूर्णप्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग लिएको बयान राखिएको छ ।

समितिमा लामिछानेले आफू संलग्न नभएको कारोबार तथा विषयको जिम्मेवारी कसरी लिने भन्दै बयान दिएका छन् ।

उनले सहकारी संस्थामा भएका कुनै पनि आर्थिक क्रियाकलापमा मेरो कुनै संलग्नता नरहेको इन्कारी बयान दिएका छन् ।

आफुलगायत धेरै व्यक्तिहरूको नाममा नक्कली खाता बनाइ कारोबार गरेको अनुसन्धानले नै प्रमाणित गरेको देखिएको हुँदा उक्त कार्य गर्ने व्यक्ति नै जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्