लेबनानमा १०० रकेट लन्चर नष्ट गरेको इजरायलको दाबी


 


एजेन्सी । इजरायली लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको छ ।

इजरायली रक्षा बलका अनुसार लेबनानमा हिज्बुल्लाहका १०० रकेट लन्चर नष्ट गरेको हो ।

ती लन्चरहरू इजरायलमा आक्रमण गर्नका लागि तयार थिए। दक्षिणी लेबनानमा रहेका हतियार गोदामहरूलाई पनि आइडीएफ हवाई आक्रमणमा निशाना बनाइएको छ।

इजरायलले बिहीबार साँझ ५२ वटा हवाई आक्रमण गरेको थियो । लेबनानले पनि उत्तरी इजरायलका सैन्य अड्डाहरूमा आक्रमण गरेको जनाइएको छ।

यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाहले दुश्मनको विष्फोटहरुले सबै सीमा, नियम र रेखालाई पार गरेको बताएका थिए।

लेबनानभर पेजर र वाकीटकी विस्फोट भएर कूल ३७ जनाको मृत्यु भएको थियो भने ३ हजारभन्दा बढी घाइते भएका छन् ।

इजरायलका रक्षामन्त्री योआभ ग्यालान्टले इजरायल अब युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको छ। अक्टोबर ८, २०२३ मा गाजाबाट हमासका सशस्त्र लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए।

त्यसपछि इजरायल र हिजबुल्लाहबीच तनाव जारी छ। त्यसबेलादेखि हिजबुल्लाहले प्यालेस्टिनी जनतासँग ऐक्यबद्धता गरी इजरायमा बमबारी जारी राखेको छ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्