पाकिस्तानमा इशनिन्दाका संदिग्धको प्रहरीको गोली लागेर मृत्यु


 


कराँची । दक्षिण पाकिस्तानको प्रहरीले एक घटनामा सशस्त्र पुरुषलाई गोली हानेर मारेको छ ।

मृतक इशनिन्दाको आशंकामा प्रहरीले खोजिरहेको व्यक्ति भएको बिहीबार अधिकारीहरूले भनेका छन् । एकै हप्तामा यस्तो खालको यो दोस्रो घटना हो । मानव अधिकारकर्मीहरूले यो घटनाको निन्दा गरेका छन् ।

मृतकलाई प्रहरीले शाह नवाजको रुपमा पहिचान गरेको छ । यिनी सिन्ध प्रान्तको उमरकोट जिल्लामा डाक्टर थिए । इस्लाम धर्मका प्रवर्तक मोहम्मदको अपमान गरेको र सामाजिक सञ्जालमा इशनिन्दा सम्बन्धी कन्टेन्टहरू शेयर गरेको आरोप लागेपछि यिनी दुई दिनअघि देखि लुकेका थिए । स्थानीय प्रहरी प्रमुख नियाज खोसोले नवाज बुधवार राति झुक्किएर मारिएको बताएका छन् ।

आफूहरूले सिन्धको मिरपुर खास शहरमा मोटरसाइकलमा गइरहेको समयमा रोक्न खोज्दा उनले रोक्नुको सट्टा उल्टै प्रहरीलाई गोली चलाएर भागेपछि प्रहरीले पनि गोली हानेको भनिएको छ । एक जना सन्दिग्ध मारिएको र अर्को एक जना भागेको प्रहरीले भनेको छ । गोली हानेपछि मात्रै प्रहरीले मृतक इशनिन्दाको आरोप लागेको डाक्टर भएको थाहा पाएको खोसोको दाबी छ ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्