तोलामा १५०० रुपैयाँले बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार १०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ६९० रुपैयाँ कायम भएको छ ।

यसैबिच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्