कञ्चनपुरमा एक पुरुष मृत फेला


 


धनगढी, असोज ४ । कञ्चनपुरको बेदकोटमा एक पुरुष सडक छेउमा मृत फेला परेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–३ बस्दै आएका डडेल्धुराको आलीताल गाउँपालिका–७ घर भएका ४१ वर्षीय जोगी महरा बिहीवार मृत अवस्थामा फेला परेका हुन् ।

महरा कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्का स्थित भित्रि सडक खण्डको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्