रुस-युक्रेन युद्धको दुई वर्ष : ७० हजारभन्दा बढी रुसी सैनिक मारिए


 


एजेन्सी । रुस-युक्रेन युद्धको दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिक मारिएका छन् ।

विभिन्न तथ्यांक र प्रमाणहरुको विश्लेषणका आधारमा युद्धमा ७० हजार ११२ रुसी सैनिक मारिएको पुष्टि भएको हो ।

सन् २०२२ मा सुरु भएको युद्धमा हालसम्मकै ठूलो संख्यामा सैनिकको मृत्यु भएको पाइएको बीबीसीले जनाएको छ ।

मृत्यु हुनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका सर्वसाधारणसमेत छन् ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्