चारवाट संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची


 


काठमाडौं, असोज ४ । संघीय संसद् अन्तर्गत चार समितिको बैठक शुक्रबार बस्दैछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । समितिमा आज विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

विहान ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । यो समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकनसम्बन्धी विषयमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको (संयुक्त) बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्