नेपालमा १४ प्रदेशको आवश्यकता छ : प्रचण्ड


 


काठमाडौं, असोज ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन् ।

एक टेलिभिजनसँगको अन्तवार्तामा उनले देशमा १४ प्रदेशको आवश्यकता भएको बताएका हुन् । उनले प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने बताए । उनले माओबादी केन्द्र अझै पनि १४ प्रदेशको पक्षमा रहेको बताए ।

साथै उनले आफूहरुले समानुपातिक निर्वाचन प्रणालीको पक्षमा समेत रहेको बताएका छन् । समानुपातिक निर्वाचन प्रणालीभन्दा प्रत्यक्ष निर्वाचन प्रणाली बढी महंगो उनको भनाइ छ ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्