फिफा वरियतामा नेपाल एक स्थान झर्यो


 


काठमाडौं । फिफा वरियताको पुरुषतर्फ नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७६ औँ स्थानमा पुगेको छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन ।

दक्षिण एसियाली वरियतामा भुटान दुई स्थान तल झर्दै १ सय ८४ औँ स्थानमा, बङ्गलादेश दुई स्थान तल झर्दै १ सय ८६ औँ स्थानमा, पाकिस्तान १ सय ९७ औँ स्थान र श्रीलङ्का ५ स्थान सुधार गर्दै २ सयौँ स्थानमा छ ।

नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ६३ औँ र भारत १ सय २६ औँ स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो, स्पेन तेस्रो, ईङ्ल्याण्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्