कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ


 


धनगढी, असोज ३ । कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका ३ चिसापानीबाट र लम्कीचुहा नगरपालिका २ मोतिपुरबाट ६ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा १९ वर्षीय पुरन साउँदसहित ६ जना रहेको जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्ता (१९ क्याप्सुल) र फेनारगन अभिल ५ लेखिएको दुई पत्ता (१९ ट्याब्लेट) बरामद गरिएको छ ।

प्रहरीले उनीहरुसहित मोटरसाइकल र स्कुटरसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्