दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


 


दाङ, असोज ३ । घोराही–लमही सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहीबार लमही नगरपालिका–६ बेलदमारमा बिहान दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ नवलपुरका २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकलमा सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि लमही अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्