३६ जना उपसचिवको सरूवा, को–कहाँ पुगे ? (सूचीसहित)


 


काठमाडौं, असोज ३ । गृह मन्त्रालयले ३६ जना उपसचिवको सरूवा गरेको छ ।

गृहमन्त्रालय तथा त्यसअन्तर्गतका कर्मचारीहरूको सरूवा भएको हो । सरुवा गरिएकामध्ये १२ जनाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा भएका छन् ।

रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही, रामेछापमा राजुप्रसाद पौडेल, रोल्पामा रोमबहादुर महतलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

त्यस्तै, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, मुगुमा कमलप्रसाद पाण्डे, पूर्वी रुकुममा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसालले सिडिओको जिम्मेवारी पाएका छन् ।

त्यस्तै १२ जनाको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा गरिएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्