संविधान दिवसका अवसरमा आजदेखि धरहरा खुलाइँदै


 


काठमाडौँ, असोज ३ । संविधान दिवसको दिन पारेर आजदेखि सर्वसाधारणको लागि धरहरा प्रवेश खुला गरिँदै छ ।

संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि धरहरा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

प्रवक्ता विनु बज्राचार्यका अनुसार परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो ।

२०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको घरहरा पुनर्निर्माण भइसकेको छ । धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो ।

२०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । यद्यपि निर्माण कार्य पूरा नभएको हुँदा त्यसबेला पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन ।

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्