सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं २ असोज। सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् । एकमन्त्रीका अनुसार प्रधानमन्त्रीले सिधै सम्बन्धित मन्त्रालयमा पठाएर सम्बन्धित मन्त्रालयले आवश्यक कारबाही गर्ने बताए ।
सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिए ।
संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिमलगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेलर, रवि लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार