न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले सरकारलाई बुझायो प्रतिवेदन


 


काठमाडौँ २ असाेज। सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै कार्यदलका सदस्य एवं नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवालाई रोजगारी सिर्जना गर्ने र जनतामा आशा जगाउने खालका कार्यक्रम तथा योजनाहरूलाई साझा कार्यक्रममा समेटिएको बताउनुभयो ।

महामन्त्री थापाले जनतामा केही भएन भन्ने किसिमको भ्रमपूर्ण प्रचारबाजी सत्य नभएकाले सरकारका सत्ता साझेदार दलहरू त्यस प्रति सचेत रहेको र त्यसै अनुरुप न्यूनतम साझा कार्यक्रम ल्याइएकाले आगामी दिनमा राम्रो प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेस महामन्त्री थापाले भ्रष्टाचारजन्य चर्चित काण्डहरूका बारेमा सरकारले गर्ने छानबिनमा कुनै मुलाहिजा नगरिने पनि बताउनुभयो ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्