सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता, तीन घाइते


 


काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बझाङ प्रहरीका अनुसार बेपत्ता हुनेमा ट्याक्टर चालक जाजरकोट भेरी नगरपालिकाका सञ्जय बुढा र सोही ठेगाना भएका लोकेन्द्र घर्ती रहेका छन् ।

ट्याक्टर खसेर सेतीमा ट्याक्टर खस्दा घाइते भएका जाजरकोट त्रिवेणी नलगाडका हेमराज विक, तपेन्द्र विक र नीरज विकको स्थानीय अस्पतालमा उपचारपछि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले जनाएका छन् ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्