आज दुई संसदीय समितिको बैठक बस्दै


 


काठमाडौँ, असोज १ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । जसमा समितिको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक)लगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्