कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


 


काठमाडौं, असोज २ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले आज विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

कार्कीको समर्थनमा नेकपा एमालेका ४० र कांग्रेसका २९ सांसद छन् । प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कार्की गत वैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्