कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ, असोज २ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा छ ।

यूरो १ को खरिद दर १४८ रुपैयाँ ८८ पैसा र बिक्री दर १४९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

त्यसैगरी पाउण्ड स्ट्रलिङ १ को खरिद दर १७६ रुपैयाँ ६५ पैसा र बिक्री दर १७७ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ ।

आज अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७५ पैसा निर्धारण भएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्