अखिल क्रान्तिकारी बागमतीको अध्यक्षमा पौडेल निर्वाचित


 


काठमाडौं, असोज २ । अखिल क्रान्तिकारी बागमती प्रदेशको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् ।

क्रान्तिकारी बागमती प्रदेशको दोस्रो सम्मेलनले पौडेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

पौडेल २३२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी अशोक देवकोटाले १४३ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का उम्मेदवार सरोज भण्डारीले ६२ मत पाए ।

त्यस्तै पाँच जना उपाध्यक्ष पदमा क्रमशः सन्तोष चौहान, हरि बहादुर खड्का, अस्मिता ठकुरी, ममता पाण्डे र क्षेत्र कुमार तामाङ निर्वाचित भएका छन् ।

सो पदमा रामकृष्ण सिवाकोटी र श्रावण कुमार बर्तौला पराजित भए । महिला कोटामा पाण्डे र समावेशी तर्फ तामाङ निर्विरोध निर्वाचित भएका थिए ।

प्रमुख सचिव पदमा विजय लामा विजयी भए । उनीसंग सुवास गौतम पराजित भए ।

पाँच सचिव पदमा क्रमशः विजय घिमिरे, रितिक राज गिरी, विवेक कार्की, उर्मिला तामाङ र विज्ञान दोरजे बल, कोषाध्यक्ष पदमा अनिता कुमारी श्रेष्ठ निर्वाचित भए । सम्मेलनबाट कार्यसमितिमा ४३ सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्