एनसेल अफर ‘सधैं अन’ प्याक खरिद गर्दा १९ प्रतिशत छुट


 


काठमाडौं, असोज १
एनसेलको मोबाइल एपबाट सधैं अन प्याक खरिद गर्दा १९ प्रतिशत छुट पाइने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले यस्तो अफर ल्याएको हो ।

यसअन्तर्गत एनसेलको मोबाइल एपबाट ‘सधैं अन’का सबै एपमा विशेष छुट पाउन सकिन्छ । यो अफर १ देखि ४ असोजसम्म लागू हुने कम्पनीले जनाएको छ ।

हाल सधैं अन अन्तर्गत ९९, ३९९, ४९९, ५९९, ७९९, ९९९ र १४९९ रुपैयाँका प्याकेजहरू छन् । ७९९ रुपैयाँ माथिका सबै प्याकेजमा अनलिमिटेड कलको सुविधा रहेका छन् । यी प्याकमा डेटा र एसएमएस भने फरक फरक छन् ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्