४० वर्ष मुनिका २० युवालाई राप्रपाले बनायाे केन्द्रिय सदस्य


 


काठमाडौँ १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका २० युवालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।

नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० युवलाई केन्द्रिय समितिलाई ल्याइएको प्रवक्ता मोहन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उनीहरुमध्ये १० महिला र १० पुरुष छन् ।

युवाहरुलाई केन्द्रीय समितिमा ल्याउन छनोट समिति नै गठन गरिएको श्रेष्ठले बताए ।

राप्रपाले मिस नेपाल वर्ल्ड–२०२४ आश्माकुमारी केसीलाई पनि केन्द्रीय सदस्य बनाएको छ । काठमाण्डुकी केसीसहित धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी दीपा श्रेष्ठ र हुम्लाकी तारा जैसी राप्रपा केन्द्रीय सदस्य बनेका छन् ।

राप्रपा केन्दीय सदस्यमा छानिएका पुरुषमा दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाण्डुका विनोद श्रेष्ठ र समीर शर्मा, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका गोपीकृष्ण चौलागाई, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकीरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र छन् । प्रवासबाट बेलायमा रहेका डेभिड थापा पनि राप्रपा केन्द्रीय सदस्य भएका छन् ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्