भारतको दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए राजिनामा, नयाँ मुख्यमन्त्री अतिशी


 


नयाँ दिल्ली ।  भारतका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएका केजरीवालले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।  

केजरीवालले राजिनामा दिएपछि आमआदमी पार्टी (आप) ले अतिशी मार्लेना सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । याेसँगै दिल्लीले तेश्रोपटक महिला मुख्यमन्त्री पाएको छ ।

केही दिनअघि मात्र जमानतमा रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पार्टी बैठकमा अशितीको नाम मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

अतिशी हाल केजरीवाल नेतृत्वको सरकारमा अर्थमन्त्री छिन् । दिल्लीले महिला मुख्यमन्त्री पाउन लागेको यो तेश्रो पटक हो । यसअघि सुष्मा स्वराज र शिला दीक्षित मुख्यमन्त्री भएका थिए । उनीहरु दुवैको हाल निधन भइसकेको छ ।

४३ वर्षीय अतिशीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेकी छन् । अतिशीको जन्म राजनीतिक पारिवारमै भएको थियो । उनका बुबा विजय सिंह र आमा त्रिप्तावाही दुवै कम्युनिष्ट थिए । पेशाले उनीहरु दुवै दिल्ली विश्वविद्यालयमा प्राध्यापन गर्थे ।

अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानबाट चर्चामा आएकी अतिशी सन् २०१३ मा केजरीवाल नेतृत्वमा आम आदमी पार्टी स्थापना हुँदा त्यसको संस्थापक थिइन् ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्