राजेन्द्र महतोले खाेले नयाँ दल, नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपाल


 


काठमाडौं १ असोज । पूर्वमन्त्री राजेन्द्र महतोले आफ्नो अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक नयाँ पार्टी गठन भएको घोषणा गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।

नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ ।

महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन् । सुमन समामी, बुद्धराज स्याङ्तानलगायतका नेताहरु पनि छन् ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्