लागूऔषध नियन्त्रण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो : आईजीपी कुँवर


 


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले लागूऔषध दुर्व्यसनीको समस्यालाई नियन्त्रण गर्नु प्रहरीको मुख्य जिम्मेवारी भएको बताएका छन् ।

आसरा सुधार केन्द्र रानीबारीको २८औं वार्षिकोत्सव बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।

प्रहरीले लागूऔषध दुर्व्यसनीको समस्यालाई नियन्त्रण गर्ने मात्र नभई यसबाट प्रभावित व्यक्तिहरूलाई समाजमा पुनस्थापना गर्नका लागि ठोस कदमहरू चालेको उनको भनाई छ।

यसै उद्देश्यका साथ स्थापना भएको आसरा सुधार केन्द्रले यस क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको आईजीपी कुँवरले बताए ।
केन्द्रले स्थापना कालदेखि नै सामाजिक सुधार र सकारात्मक परिवर्तनको लागि अतुलनीय योगदान पुर्‍याउँदै आएको बताए ।

लागूऔषध प्रयोगकर्तालाई परामर्श, उपचार र पुनस्थापनाको माध्यमबाट नयाँ जीवनको शुरूवात गराउन केन्द्रले गरेका काम अत्यन्त सराहनीय रहेको आईजीपी कुँवरले बताए।

आईजीपी कुँवरले लागूऔषध दुर्व्यसनीको प्रभावले व्यक्तिगत जीवनसँगै घर, परिवार, समाज र राष्ट्रको भविष्यमा समेत नकारात्मक असर गर्ने बताए ।

आगामी दिनमा केन्द्रको प्रयासलाई अझ सशक्त बनाई केन्द्रको भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने आईजीपी कुँवरले प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्