रास्वपा सुदूरपश्चिम प्रदेशको रिपोर्ट– सङ्गठन बनाउनै सकिएन


 


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा सुदूरपश्चिम प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेश सभापति प्रकाश बिस्टले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् ।

सो क्रममा उनले सुदूरपश्चिममा सङ्गठन बनाउन नै कठिन भइरहेको उल्लेख गरे । पहाडी र हिमाली जिल्लामा पुराना दलहरूले सीमित व्यक्तिलाई समाएर जनतामा डर पैदा गरेको ले पनि सङ्गठन विस्तारमा जटिलता भएको उनले उल्लेख गरे ।
८८ स्थानीय तहमध्ये ५२ पालिकामा र १२५ वडामा समिति गठन भएको उनले उल्लेख गरे । सम्पूर्ण खर्च व्यक्तिले गर्दा पनि साङ्गठनिक काममा सुस्तता आएको उनको बुझाइ छ । रास्वपा अन्तिम आशाको दियो भएकोले ०८४ मा जनतामा आफूहरूलाई अनुमोदन गर्ने बिस्टले बताए ।

आगामी दिनमा सञ्चार माध्यामदेखि आर्थिक, भौतिक र राजनीतिक आक्रमणको सिकार पार्टी बन्ने देखिएको उनले उल्लेख गरे ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्