सहकारी ठगीमा रविको संलग्नता भेटिएन, अनुसन्धान गर्न मात्रै सिफारिस गरेका हौं : नेता खनाल


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने निर्दोष साबित भएको बताएका छन्।

आजदेखि सुरू भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्।

नेता खनालले छानबिन समितिमार्फत् राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रवि लाछिानेको सहकारीको बचत अपचलनमा संलग्नता नभेटिएको बताए।

नेता खनालले सहकारी प्रकरणमा रवि लामिछानेमाथि लगाइएको आरोपमा तथ्य नभएको बताए।

सहकारी छानबिन संसदीय समितिले सहकारी घोटालामा लामिछानेको कुनै भूमिका नरहेको प्रष्ट रहेको उनको भनाई छ।

नेता खनालले गोर्खा मिडियाले खर्च गर्दा लामिछाने सहितले केही कैफियत गरेका भए सरकारले कारबाही गरोस् भनेर समितिले सिफारिस गरेको जानकारी गराए।

अब सरकारले सहकारी कानूनअनुसार नभई कम्पनी कानून अनुसार गोर्खा मिडियाले गरेको खर्चबारे अनुसन्धान गर्न सक्ने तर्क गरे।

नेता खनालले भने,‘सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न छोडिएन। संसदसमेत अवरूद्ध गरियो। र, संसदीय छानबिन बनाइयो। समितिमार्फत् राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि उहाँको संलग्नता भेटिएन, कागज र प्रमाण पुगेन भनिएको हो। तर, यसको अपव्याख्या गर्न थालिएको छ । पहिला काँक्रो चोरेको तँ होस् भनेर आरोप लगाइयो। तर, काँक्रो अरूले नै चोरेको रहेछ। ल्याइएको काँक्रो अरूले काटेपछि तैंले पनि एक टुक्रा खाइछस् भन्नु कत्ति न्यायोचित हो ? ’

छानबिन समितिले सभापति लामिछानेले सहकारीको बचत अपचलन गरेको कागज र प्रमाण पुगेन भन्दा पनि यसको अपव्याख्या भइरहेको नेता खनालले बताए ।

उनले छानबिन समितिले गोर्खा मिडियामा पैसा आएको हो तर ल्याउन रवि लामिछानेको संलग्नता नभएको बताए।

पैसा आएपछि गोर्खा मिडियाले खर्च गर्दा नेता खनालले सहितले केही कैफियत गरेका भए सरकारले कारबाही गरोस् भनेर समितिले सिफारिस गरेको पनि बताए।

नेता खनालले सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न नछोडिएको उल्लेख गरे ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्