डिआइजी आचार्यले किन पाए लगातार तेस्रो कमाण्ड ?


 


काठमाडौं । कर्णाली प्रदेशमा रहँदा राम्रोसँग काम गर्न नसकेको आरोपमा तानिएका डिआइजी लालमणि आचार्यलाई मधेस प्रदेशको जिम्मेवारी दिएपछि प्रश्न उठेको छ ।

गत साता गृहमन्त्री रमेश लेखकले डिआइजी यज्ञबिनोद पोखरेललाई हटाइ आचार्यलाई मधेस प्रदेशको प्रहरी प्रमुख बनाएका हुन् ।

आचार्यलाई गृह मन्त्रालयले गत पुसमा कर्णाली प्रदेशको प्रहरी प्रमुख बनाएको थियो ।

तर, कार्यसम्पादन राम्रो नभएको भन्दै जेठमा उनलाई त्यहाँबाट हटाएर नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सरुवा गरियो ।

त्यहाँबाट उन साता उनलाई मधेस प्रदेशमा पठाइएको हो । कमजोर कमाण्ड भएका डिआइजीलाई लगातार तीन कमाण्ड दिएपछि गृह मन्त्रालयमाथि प्रश्न उठेको हो ।

स्रोतका अनुसार उच्च तहकै सेटिङमा उनलाई मधेस पठाइएको हो । खासगरी मधेसमा ठूलो तस्करीको सञ्जाल चलाउने समूहले गृहमन्त्री रमेश लेखक लगायतलाई समेत प्रभावमा पारेर आचार्यलाई मधेसमा सरुवा गराएका हुन् ।

आचार्य आफैं पनि कांग्रेस पृष्ठभुमीका भएकाले कार्यसम्पादनमा कमजोर भएपनि महत्वपूर्ण प्रदेशको जिम्मेवारी पाएका छन् । आर्थिक मामिला र पुलिसिङमा उनी कमजोर मानिनन्छन् ।

जसकरण चाडपर्वको समयमा मधेसमा ठूलो मात्रामा संगठित तस्करी मौलाउने सम्भावना देखिएको छ ।

यसअघि मधेसमा कार्यरत डिआइजी पोखरेलको खातामा बिचौलिया र तस्करले पैसा हालेको खुलेपछि उनलाई हटाइएको थियो । तर, कारबाही भने अझै हुन सकेको छैन ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्