दिल्लीका मुख्यमन्त्री केजरीवालले राजीनामा दिँदै


 


काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री केजरीवालले मदिरा घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ आज पदबाट राजीनामा दिँदैछन् ।

गत २१ मार्चमा गिरफ्तार भएर लामो समय तिहाड जेलमा बिताएका केजरीवालले आज राजीनामा दिन लागेका हुन् ।

केजरीवालले दुई दिनअघि राजीनामाको घोषणा गरिसकेका छन् । आम आद्मी पार्टीले आजै नयाँ मुख्यमन्त्रीको नाम चयन गर्नेछ । केजरीवाल पत्नी सुनिता केजरीवालसहित गोपाल राय तथा कैलाश गहलोतको चर्चा भइरहेको छ ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्