रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै


 


काठमाडौँ, असोज १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आज (मंगलबार) सुरु हुँदै छ ।

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा दुई दिनसम्म चल्ने राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ ।

भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरेर तयारी गरेको थियो । भेलामा राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ ।

भेलामा पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्