भोटेकोसीमा बलेरो खस्दा बेपत्ता भएका चालकको शव फेला


 


काठमाडौँ, असोज १ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी– ५ का ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो ।

तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्