कैलाली कारागार भित्रै थुनुवाको मृत्यु


 


धनगढी, असोज १ । कैलाली जिल्ला कारागार भित्रै एक थुनुवाको मृत्यु भएको छ ।

कारागारमा घोडाघोडी नगरपालिका वडा नम्बर ४ का २२ वर्षका दीपक विकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दिउँसो करिब ३ बजेतिर शौचालयमा लडेको अवस्थामा भेटिएका दीपकलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारको क्रममा बेलुका ६ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । दीपकका आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीले उनको ज्यान गएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्