आज मंगलवार यस्तो छ तपाईंको राशिफल


 


मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कुनै कुराले मन प्रसन्न रहनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । भूमिबाट पनि लाभ रहला ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज फजूलको धन खर्च हुनसक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । चोटपटकको भय छ सचेत रहनुहोला ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्यमा सरिक भइने छ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आस मारेको काम बन्न सक्छ ।

बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनवास्यक यात्रा रहला, तर मित्रबाट साथ र लाभ मिल्नेछ साथै सन्तान सुख पनि मिल्नेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर
(भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पारिवारिक साथ, जमघट र समर्थन पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर आफन्तको साथ पाइनेछ ।
–ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: १ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्