गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारीमा रेग्मी नियुक्त


 


काठमाडौँ ३१ भदौ । गरिमा विकास बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंक सञ्चालक समितिको भदौ ३१ गतेको बैठकले विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई २०८१ आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी मिति २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आउनु भएको छ ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्