सिटी एक्सप्रेसको दशैँ विशेष योजना -“१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा”


 


काठमाडौं, भदौ ३१
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ विशेष योजना घोषणा गरेको छ । सोमबार सिटी एक्सप्रेसले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा “१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा” नामक उपहार योजना सार्वजनिक गरेको हो ।

यो योजना दसैं, तिहार र छठको पर्वलाई लक्षित गर्दै ग्राहकहरूसँग पर्वको खुसी साट्नको लागि राखिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताउनुभयो । उहाँले विदेशबाट पैसा पठाउँदा बैंकिङ्ग च्यानलबाट सिटी एक्सप्रेस मनि ट्रान्सफर रोज्न पनि आग्रह गर्नुभयो ।

सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर जितु नेपालले प्रस्तुत गरेको यो योजनाअन्तर्गत, हरेक दिन १८ जनाले जनही ५०० रुपैयाँको वालेट टपअप प्राप्त गर्नेछन् ।

त्यस्तै हरेक साता २ जनालाई सामसुङको स्मार्ट टिभी प्राप्त गर्नेछन् । हरेक महिना २ जनालाई सामसुङको स्मार्टफोन उपहारमा दिइनेछ ।

एक भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना घोषणा कार्यक्रममा जानकारी गराइयो।

यो अफर असोज १ देखि मंसिर ३० गतेसम्म तीन महिनाका लागि लागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सबै सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरकी मार्केटिङ, ब्रान्ड एण्ड प्रमोशन प्रमुख अनिता थापा आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्