काभा महिला भलिबल क्लब च्याम्पियनसिप : पुलिस क्लबको दोस्रो जित


 


काठमाडौँ ३१ भदाै। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा श्रीलङ्काको श्रीलङ्का एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आइतबार भएको पहिलो खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।

जितसँगै पुलिसले ६ अङ्क जोडेको छ । श्रीलङ्काले भने माल्दिभ्सकै क्लब वाम्कोसँग भएको खेलमा पहिलो खेल ३–१ को सेटमा गुमाएको थियो ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्