नाइजेरिया : बाढी आएपछि २ सय ५० भन्दा बढी कैदी भागे


 


बोर्नो । नाइजेरियाको बोर्नो राज्यमा आएको भीषण वर्षापछि कम्तीमा २ सय ७४ जना कैदी भागेको नाइजेरियन करेक्सनल सर्भिसले आइतबार जानकारी दिएको छ ।

सर्भिसका प्रवक्ता अबुबकर उमरले दिएको जानकारी अनुसार बाढीले कारागारका पर्खालहरू ढलेका थिए । उमरका अनुसार सुरक्षित स्थानमा सार्ने क्रममा २ सय ८१ कैदीहरू भागेका थिए । जसमध्ये ७ जनालाई पछि पक्राउ गरिएको थियो ।

उमरले भागेकाहरूको बायोमेट्रिकसहित पहिचान खुलेको र उनीहरूबारे सार्वजनिक सूचना समेत जारी गरिएको बताए । फरार भएका कैदीहरूको खोजी जारी रहेको उनको भनाई छ ।

भीषण बाढीका कारण नाइजेरियामा २ सय २९ जनाको मृत्यु भएको छ भने ३ लाख ८६ हजार सर्वसाधारण विस्थापित भएका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्