राष्ट्रियसभाका दुई नवनिर्वाचित समितिका सभापतिले लिए शपथ


 


काठमाडौं । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समिति र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति निर्वाचित भएका छन्।

व्यवस्थापन समितिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति समितिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका हुन्।

यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे ।

सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सभापतिहरूलाई शपथग्रहण गराएका छन्।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्