धोबिखोलमा खसेको ट्याक्सी यूएन पार्कअगाडि भेटियो


 


काठमाडौं । धोबिखोलामा खसेको ट्याक्सी सशस्त्र प्रहरीले निकालेको छ ।

थापाथलीस्थित युनएन पार्कबाट ट्याक्सी निकालिएको हो ।

बा. २. ज. १७९२ नं. हिजो काठमाडौं महानगरपालिका-२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर बेपत्ता भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट २ जना गोताखोरसहित खटिएको ११ जनाको टोलीले आज बिहान काठमाडौं महानगरपालिका-११, थापाथलीस्थित यूएन पार्कअगाडि उक्त ट्याक्सी फेला पारेको हो ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्