दुई महिनासम्म पृथ्वीले पाउने भयो अर्को फुच्चे चन्द्रमा


 


वाशिङटन डीसी । पृथ्वीले फुच्चे चन्द्रमा पाउने भएको छ । २०२४ पीटी ५ नाम गरेको छुद्र ग्रह पृथ्वीतिर आइरहेको छ । पृथ्वीको वातावरणमा आइपुगेपछि विस्फोट हुनुको साटो यो छुद्र ग्रह करिब ५६ दिनसम्म पृथ्वीको अक्षमा फस्नेछ अनि चन्द्रामाले झैँ पृथ्वीको आसपास रहनेछ ।

यो छुद्र ग्रह अगस्ट ७ मा फेला परेको थियो । रिसर्च नोट्स अफ द अमेरिकन एष्ट्रोनोमिकल सोसाइटीमा प्रकाशित प्रतिवेदनका अनुसार यो छुद्र ग्रहको व्यास १० मिटर छ ।

सेप्टेम्बर २८ देखि नोभेम्बर २५ को बिचमा यो पृथ्वीको अक्षमा घुमिरहेको देख्न सकिनेछ । यस अवधिमा २०२४ पीटी ५ पृथ्वी वरिपरि घुमे पनि अक्षमा पूरै परिक्रमा भने गर्न सक्ने छैन ।

पृथ्वीको गुरुत्वाकर्षणबाट फुत्किएर फेरि सूर्यको अक्षमा फर्किने र सौर्य प्रणालीमा आफ्नो यात्रालाई निरन्तरता दिनेछ । यसको अर्थ कूल ५६ दशमलव ६ दिन पृथ्वीको दुई वटा चन्द्रमा हुने जनाइएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्