संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौँ, भदौ ३१ । संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ ।
मन्त्रीपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अवरोध जारी राखेकै बेला अधिवेशन अन्त्यको सिफारिस भएको हो ।
सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो ।
प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार