बारामा बस दुर्घटना, ४३ जना घाइते


 


बारा, भदौ ३१ । बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् ।

गएराति एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस दुर्घटना भएको हो । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जानकारी दिए ।

बसको पट्टा भाँचिए पछि अनियन्त्रित भएर पुलबाट आठ मिटर तल खसेको थियो। घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्